काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको सचेतकमा पदमबहादुर परियारलाई मनोनयन गरेको छ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी विधानअनुसार परियारलाई सचेतकमा नियुक्त गरेका हुन्।
यससँगै कांग्रेसले विभिन्न संसदीय पदमा नेतृत्व पुनर्संरचना गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाका जिम्मेवारीहरू पनि तोकेको छ।


