काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा बहस जारी रहँदा ‘टी ब्रेक’पछि उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालले इजलाससमक्ष आफ्नो धारणा राख्ने भएका छन्।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ। विपक्षी पक्षका वकिलहरूको बहस जारी रहेको र साढे ३ बजेसम्म सक्न निर्देशन दिइएको छ।
जवाफी बहसपछि आजै आदेश आउने सम्भावना रहेको छ।


