काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अतिक्रमणमा परेको आफ्ना जग्गा फिर्ता गर्न ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
विश्वविद्यालयका अनुसार व्यक्ति, कम्पनी र संस्थाले नियमविपरीत कब्जा गरेका जग्गा निर्धारित समयभित्र फिर्ता नगरे कानुनी कारबाही अघि बढाइनेछ।
खोजबिन समितिको प्रतिवेदनले करिब २ हजार ५०० रोपनी जग्गा अतिक्रमणमा परेको देखाएको छ।


