काठमाडौं । काठमाडौं महानगरपालिका ले कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने जनाएको छ।
आवेदन जेठ १ गतेदेखि १० गतेसम्म भर्न सकिनेछ भने परीक्षा जेठ १७ गते सञ्चालन हुनेछ।
महानगरले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई २०७९ सालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ।


