Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > काबुलको सुधार केन्द्रमा हवाई आक्रमण, २६९ जनाको मृत्यु

काबुलको सुधार केन्द्रमा हवाई आक्रमण, २६९ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको काबुलस्थित लागुऔषध सुधार केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

प्रतिवेदनअनुसार आक्रमणमा उपचाररत बिरामी र कर्मचारीको ज्यान गएको हो। पाकिस्तानले उक्त केन्द्रलाई आतंकवादी गतिविधिसँग जोड्दै कारबाही गरिएको दाबी गरेको छ।

मानवअधिकार संस्थाहरूले घटनालाई गैरकानुनी आक्रमण र सम्भावित युद्ध अपराधका रूपमा टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *