काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् को बुधबार बसेको बैठकले चारवटा प्रमुख निर्णय गरेको छ।
बैठकले ‘कार्यविभाजन नियमावली २०८३’, ‘विद्युतीय सुशासन आयोग संशोधन आदेश’ र ‘भूमिसम्बन्धी २१औँ संशोधन नियम’ स्वीकृत गरेको छ।
त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिमा सांसद सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ।


