मुस्ताङ । मुस्ताङको लोमान्थाङ–४ एक्लेभट्टी क्षेत्रमा ५९० कार्टुन इलेक्ट्रिक चुरोट (भेप) सहित दुई कन्टेनर नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले जेठ १ गते राति चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद भेपसँगै २५९ कार्टुन जुत्ता, ८ बोरा मोजा, १५ बोरा कपडा र खाली प्याकेजिङ बक्स पनि फेला परेको छ।
यस घटनामा धादिङ, सिन्धुपाल्चोक र भोटेकोशी क्षेत्रका तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार कार्यालयमा राखिएको छ।


