Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कार्यालयमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

कार्यालयमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग, विभाग तथा सरकारी निकायहरूलाई अनावश्यक रूपमा नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी व्यवस्थापन शाखाबाट जारी परिपत्रमा कार्यालयहरूमा प्रयोग भइरहेका कुर्सी, टेबल, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा नयाँ खरिद नगर्न भनिएको हो ।

परिपत्रमा कतिपय कार्यालयहरूले सामान्य मर्मतबाट सञ्चालन गर्न सकिने सामग्रीसमेत नयाँ खरिद गर्दा राज्यकोषमा अनावश्यक आर्थिक भार परेको भन्दै सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले कार्यालय प्रमुखहरूलाई हाल प्रयोगमा रहेका सामग्री, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामै राखी अधिकतम उपयोग गर्न निर्देशन दिएको छ ।

सरकारले आर्थिक अनुशासन र सार्वजनिक खर्च नियन्त्रणलाई प्राथमिकता दिँदै यस्तो निर्देशन जारी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *