काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै साम्पाङले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय परम्पराको सम्मान गर्न नसकेको आरोप लगाए। उनले नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भएर प्रधानमन्त्रीले जनताको सार्वभौम सदनको अपमान गरेको दाबी गरेका छन्।
साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई ‘असक्षम र असफल’ नेतृत्वको संज्ञा दिँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिन आग्रह गरेका छन्।


