काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मरेका कागमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।
कीर्तिपुर नगरपालिका र पशु स्वास्थ्य विभागको टोलीले ६८ वटा मरेका काग सङ्कलन गरी व्यवस्थापन गरेको छ भने बाँकी काग आज पनि सङ्कलन गरिने जनाइएको छ।
परीक्षणका लागि पठाइएका नमूनामा एचफाइएन वान र एच नाइन दुवै प्रकारका भाइरस भेटिएको पशु चिकित्सकले जानकारी दिएका छन्।
प्रारम्भिक अनुमान अनुसार, फिरन्ते चराको सम्पर्कबाट कागमा संक्रमण फैलिएको हुन सक्ने बताइएको छ।


