Friday, June 05, 2026
Home > मुख्य समाचार > कुशलको शतक र ऐरीको ४ विकेट, अमेरिकाविरुद्ध नेपालको शानदार जित

कुशलको शतक र ऐरीको ४ विकेट, अमेरिकाविरुद्ध नेपालको शानदार जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।

१९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले १२० रनको शतकीय पारी खेल्दै जितको मुख्य आधार तयार गरे। आशिफ शेखले ५८ रन बनाए भने इशान पाण्डेले डेब्यू खेलमा २० रन जोडे।

यसअघि अमेरिकाले १९५ रन बनाएको थियो, जसमा स्मित पटेलले ८३ र शेहन जयसूर्याले ५० रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ र सन्दीप लामिछाने तथा गुल्सन झाले १–१ विकेट लिए।

यस जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण २ अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *