विराटनगर । कोशी प्रदेशसभा बैठक बुधबार विपक्षी सांसदहरूले अवरुद्ध गरेका छन्।
नीति तथा कार्यक्रममा संशोधन दर्ता गर्ने प्रक्रिया नदिइएको आरोप लगाउँदै विपक्षीले आपत्ति जनाएका थिए। सोही क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रमतर्फ पुगेपछि मर्यादापालकले उनलाई नियन्त्रणमा लिएर तल झारेका थिए।
विपक्षी दलले सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक सञ्चालनमा अवरोध जारी राखेका छन्।


