काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षणमा विद्युत्, ग्यास, सेवा क्षेत्र तथा व्यापारमा वृद्धि भए पनि कृषि, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा कमजोर प्रदर्शनका कारण समग्र वृद्धिदर सीमित रहने बताएका छन्।
गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो भने चालु वर्ष आधारभूत मूल्यमा अर्थतन्त्र ३.६८ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।


