विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेट चालु वर्षको तुलनामा १२.७४ प्रतिशतले बढेको हो।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपका अनुसार कुल बजेटमध्ये चालु खर्च १३ अर्ब ९७ करोड, पुँजीगत खर्च २० अर्ब ७५ करोड र वित्तीय व्यवस्थापनतर्फ १५ करोड छुट्याइएको छ। स्थानीय तहका लागि ५ अर्ब ५६ करोड विनियोजन गरिएको छ।
प्रदेश सरकारले आन्तरिक राजस्व, संघीय अनुदान तथा अन्य स्रोतमार्फत बजेट व्यवस्थापन गर्ने योजना बनाएको छ। पूर्वाधार विकास, उत्पादन वृद्धि र सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकता दिइएको छ।


