काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र सहमति–असहमतिका विषयमा फैलाइएका चर्चा भ्रमपूर्ण रहेको बताएका छन्।
च्यासलमा आयोजित कार्यक्रममा उनले पार्टी वर्तमान संस्थागत निर्णयअनुसार अघि बढिरहेको उल्लेख गर्दै कार्यदलको छलफल अझै जारी रहेको बताए। देशको आवश्यकताअनुसार सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा पनि उनले जोड दिए।


