Thursday, June 04, 2026
Home > विराटनगर समाचार > कोसी प्रदेशमा पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन सुरु

कोसी प्रदेशमा पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन सुरु

विराटनगर । सम्पत्ति छानबिन आयोगको निर्देशनपछि कोसी प्रदेश सरकारले वर्तमान तथा पूर्व पदाधिकारी र उच्च तहका कर्मचारीहरूको सम्पत्ति विवरण माग गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय तथा अन्य निकायलाई सम्बन्धित व्यक्तिहरूको नामावली र सम्पत्ति विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको हो।

प्रदेश स्थापना भएयता सार्वजनिक पदमा रहेका निर्वाचित, मनोनीत र नियुक्त पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरी छानबिन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *