कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ मा बजेट खर्च र आम्दानी दुवै तीन वर्षयताकै कमजोर देखिएको छ। वैशाख मसान्तसम्म कुल खर्च ३६.२९ प्रतिशत मात्र पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय गिरावट हो।
प्रदेशले ३६ अर्बभन्दा बढीको बजेट ल्याए पनि पुँजीगत र चालु दुवै खर्च सुस्त देखिएको छ। त्यस्तै, आन्तरिक राजस्व लक्ष्यको करिब ६३ प्रतिशत मात्र संकलन भएको छ भने संघीय अनुदान र राजस्व बाँडफाँटमा पनि कमी आएको छ।
खर्च र आम्दानी दुवै घट्दा आगामी बजेट व्यवस्थापन र कार्यान्वयनमा थप चुनौती देखिएको छ।




