Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > बंगाल चुनाव: ममता बनर्जी पराजित

बंगाल चुनाव: ममता बनर्जी पराजित

विराटनगर — पश्चिम बंगाल विधानसभा चुनावबारे केही सञ्चारमाध्यममा आएको नतिजा दाबीअनुसार मुख्यमन्त्री ममता बनर्जी भवानीपुर सिटमा पराजित भएको उल्लेख गरिएको छ।

रिपोर्टअनुसार भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार शुभेन्दु अधिकारीले बनर्जीलाई १५ हजारभन्दा बढी मतान्तरले हराएको दाबी गरिएको छ। साथै, भाजपाले २९४ सिटमध्ये बहुमतसहित सरकार बनाउने अवस्था आएको उल्लेख गरिएको छ।

तर, ममता बनर्जी र उनको दल तृणमूल कांग्रेसले मतगणनामा धाँधली भएको आरोप लगाउँदै चुनाव प्रक्रियामाथि प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *