प्रतिनिधिसभा बैठकमा एमालेले विवादित गिरीबन्धु टी–इस्टेट प्रकरणको फाइल तत्काल खोल्न सरकारलाई चुनौती दिएको छ।
एमाले नेतृ पद्मा अर्यालले अर्थमन्त्रीले विपक्षी लक्षित रूपमा ‘फाइल खोल्ने’ चेतावनी दिएको भन्दै असन्तुष्टि जनाउँदै सबै विवादित प्रकरणको छानबिन गर्न माग गरिन्।
उनले गिरीबन्धु टी–इस्टेटलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउन र ओम्नी तथा वाइडबडी जस्ता अन्य प्रकरण पनि पारदर्शी रूपमा छानबिन गर्न सरकारलाई आग्रह गरिन्।


