Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन: ‘बोली-व्यवहार सुधार्नुस्, स्रोत-साधन हामी जुटाउँछौँ’

गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन: ‘बोली-व्यवहार सुधार्नुस्, स्रोत-साधन हामी जुटाउँछौँ’

काठमाडौँ, चैत १६ — गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गर्दै प्रहरी प्रशासनलाई ‘मोडल’ बनाउने प्रतिबद्धता जनाउनुभएको छ। डिजिटल फरेन्सिक ल्याब र अपराध अनुसन्धान विभागको अवलोकनपछि उहाँले उच्च अधिकारीहरूलाई सम्बोधन गर्नुभयो।

उहाँले प्रहरीलाई सर्वसाधारणसँगको बोली र व्यवहार नम्र बनाउन कडा निर्देशन दिनुभएको छ।

त्यस्तै,रासनमा सुधार गर्ने र अनुसन्धानका लागि अत्याधुनिक प्रविधि भित्र्याउने आश्वासन दिनुभएको छ।

उहाँले प्रहरीका लागि आवश्यक कपडा उद्योग आफैँ खोलेर गुणस्तरीय उत्पादन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ।

उहाँले भन्नुभयो -“तपाईंहरू काम गरेर देखाउनुस्, आवश्यक स्रोत-साधन जुटाउने काम सरकारको हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *