काठमाडौं, चैत १६ — प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने यो बैठक नवगठित सरकारको दोस्रो बैठक हो।
यसअघि शुक्रबार बसेको पहिलो बैठकले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको थियो।


