काठमाडौं — गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति काठमाडौं मेडिकल कलेज पुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणपछि उनी सिधै अस्पताल पुगेर घाइते र चिकित्सकसँग उपचार अवस्थाबारे जानकारी लिएका थिए। केही घाइते डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको निःशुल्क उपचार गरिरहेका डा. सुनील शर्मालाई मन्त्री गुरुङले धन्यवाद दिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।


