काठमाडौं – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा पदभार ग्रहण गर्दै अब देश जनादेशअनुसार अघि बढ्ने बताएका छन्। उनले गलत गर्ने कसैलाई छुट नपाउने र भ्रष्टाचार भएमा तुरुन्त खबर गर्न जनता अनुरोध गरेका छन्।
गुरुङले एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुनिश्चित गर्ने, प्रहरीलाई नियम अनुसार काम गर्न निर्देशन दिने र मिडियालाई जिम्मेवार समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। उनले आगामी पाँच वर्ष सुशासन र छिटो ठोस नतिजा ल्याउन पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता जनाए।


