काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयलाई कुटिल र षडयन्त्रपूर्ण भनेका छन्।
बस्नेतले फेसबुकमा लेख्दै यदि सरकार धरपकड वा राजनीतिक बदला लिन खोज्यो भने त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन्। उनले निष्पक्ष अनुसन्धान र सबै पक्षमा समान न्यायको माग गरे।


