काठमाडौंबाट कुलेश्वरस्थित गौतमश्री बहुउदेश्यी सहकारी संस्थाका व्यवस्थापक रवीन बिष्टलाई पक्राउ गरिएको छ। उनमाथि साढे ५ अर्बभन्दा बढी ठगी गरेको आरोप छ। थप अनुसन्धानका लागि बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ र काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।


