काठमाडौं — फागुन २१ को निर्वाचनपछि बनेको संघीय संसद्को पहिलो अधिवेशन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नै आह्वान गर्ने तयारी भएको छ।
यसका लागि मन्त्रिपरिषद् बैठक शुक्रबार बोलाइएको छ। दलहरूको अडानअनुसार चैत १६ गते अधिवेशन सुरु गर्ने तयारी गरिएको छ।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुँदैछ। अधिवेशन आह्वान गर्न कम्तीमा ७ दिनको समय आवश्यक पर्ने भएकाले अन्तरिम सरकारले नै निर्णय गर्न लागेको हो।


