काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनबारे छलफल नहुने भएको छ।
सहमहामन्त्री उदय शमशेर राणाका अनुसार बैठकमा पार्टी सभापतिको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा मुख्य एजेन्डा बनाइएको छ।
फागुन २१ को निर्वाचनमा अप्रत्याशित हारपछि कांग्रेसले सानेपामा बैठक बोलाएको हो।


