सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण जनाएको छ।
रास्वपा सिरहाले भन्सार कार्यालय हटाउनुको सट्टा यसलाई आधुनिक र सुविधासम्पन्न संरचनामा विकास गर्न सरकारसँग माग गरेको छ। पार्टीले सीमा व्यापार र स्थानीय आवश्यकतालाई ध्यानमा राख्नुपर्ने जनाएको छ।
यद्यपि, रास्वपाले आन्दोलन वा प्रदर्शन नगरी संयमित रूपमा सम्बन्धित निकायमार्फत माग अघि बढाउन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।


