काठमाडौं । सरकारले आठ वटा विश्वविद्यालयका रिक्त उपकुलपति पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अघि बढाएको छ।
नयाँ कार्यविधिअनुसार कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको र कम्तीमा विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेका व्यक्तिमात्र उपकुलपति बन्न योग्य हुनेछन्।
त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयका लागि आवेदन आह्वान गरिएको छ। ४० वर्ष पूरा भएको, १० वर्षको अनुसन्धान तथा शैक्षिक अनुभव भएको र उच्च प्राज्ञिक क्षमतायुक्त उम्मेदवारले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।


