Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > त्रिभुवन विमानस्थलको सञ्चालन समय परिवर्तन

त्रिभुवन विमानस्थलको सञ्चालन समय परिवर्तन

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज रातिदेखि नयाँ तालिकाअनुसार सञ्चालन हुने भएको छ। अब विमानस्थल दैनिक राति ११:४५ बजे बन्द भई बिहान ६:३० बजे मात्र खुल्नेछ।

रनवे नजिक ट्याक्सीवे लगायत क्षेत्रमा निर्माण कार्य भइरहेकाले यो निर्णय गरिएको हो। यस अवधिमा धावनमार्ग पूर्णरूपमा बन्द हुने भएकाले केही अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित हुनेछन्।

यो व्यवस्था वैशाख ७ देखि जेठ ४ गतेसम्म लागू हुनेछ। यसअघि पनि पूर्वाधार विस्तारका कारण विमानस्थलको सञ्चालन समय चरणबद्ध रूपमा सीमित हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *