Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जनमत पार्टी मधेस सरकारबाट बाहिरियो, दलको नेता पनि फेरियो

जनमत पार्टी मधेस सरकारबाट बाहिरियो, दलको नेता पनि फेरियो

काठमाडौं — जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी अध्यक्ष सीके राउतले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै यस्तो कदम चालिएको बताएका छन्।

उनका अनुसार, पटक–पटक सुझाव दिँदा पनि सुधार नदेखिएकाले सरकार छाड्नुपरेको हो।

यससँगै जनमतले संसदीय दलको नेतृत्व पनि परिवर्तन गरेको छ। महेशप्रसाद यादवलाई हटाउँदै चन्दनकुमार सिंहलाई नयाँ नेता बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *