काठमाडौं – स्वास्थ्यमन्त्री निशा मेहताले श्रम मन्त्री दीपककुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा पुनः हाजिर हुन दिएकी छन्।
जुनु श्रेष्ठ यसअघि ११ पटक बैठकमा अनुपस्थित रहेर निलम्बनमा परेकी थिइन्। स्वास्थ्य बीमा ऐनअनुसार तीन पटक निरन्तर अनुपस्थित सदस्य स्वतः निलम्बन हुने व्यवस्था छ। उनलाई गत वैशाखमै सदस्य पदबाट हटाइएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएका सार्वजनिक निकायका पदाधिकारीले स्वेच्छाले पद छाड्न आग्रह गर्दै आएका छन्।


