Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > निजी क्षेत्रमाथि भय सिर्जना भइरहेको छ : रामकुमारी झाँक्री

निजी क्षेत्रमाथि भय सिर्जना भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा भय र त्रासको वातावरण बनाएको आरोप लगाएकी छन्।

बिहीबार राष्ट्रियसभामा बोल्दै उनले “पहिले थुन्ने अनि सुन्ने” सरकारी प्रवृत्तिले लगानी र व्यवसायिक वातावरण बिग्रिएको टिप्पणी गरिन्। निजी क्षेत्रसँग संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै योजनाको निरन्तरता मात्रै भएको बताउँदै नयाँ सोच र स्पष्ट दिशा अभाव रहेको उल्लेख गरिन्। साथै, सबै समुदायको मानवअधिकार र मौलिक हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *