Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी आन्दोलन प्रकरणमा रास्वपाका १६ सांसदमाथि अनुसन्धान सिफारिस

जेनजी आन्दोलन प्रकरणमा रास्वपाका १६ सांसदमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका घटनासम्बन्धी प्रतिवेदनमा रास्वपाका १६ सांसदमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादव लगायत सांसदहरूलाई छानबिनको दायरामा ल्याउन र दोषी देखिए कारबाही गर्न सुझाव दिएको हो।

प्रतिवेदनअनुसार पूर्वगृहमन्त्री सुधन गुरुङ र पुरुषोत्तम यादवले आन्दोलनका लागि अनुमति लिएका थिए भने भिडलाई उक्साउने गतिविधिबारे पनि अनुसन्धान गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *