काठमाडौँ — जेनजी आन्दोलनको भदौ २३ गते संसद् भवन परिसरमा भएको घटनामा तत्कालीन सरकारले चार मुख्य गल्ती गरेको जाँचबुझ आयोगले जनाएको छ।
प्रतिवेदन अनुसार अधिकांश प्रदर्शनकारी निःशस्त्र थिए, तर गोली चलाइयो। सुरक्षाकर्मीहरूले प्रभावकारी चेतावनी नदिए, नरम उपाय जस्तै पानीको फोहरा वा वार्ता पर्याप्त प्रयोग भएन, र मानवअधिकार प्रतिको जिम्मेवारी उल्लङ्घन भयो।
संसद् भवनमा खटिएका नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सले ‘रुल अफ इङ्गेजमेन्ट’ पालना नगरेकाले अवस्था नियन्त्रणमा समस्या आएको देखिएको छ।


