काठमाडौँ — काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजालले जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीहरूले एकीकृत विशेष सुरक्षा योजनाअनुसार बल प्रयोग गरेको बयान दिएका छन्।
रिजालका अनुसार, कर्फ्यु जारी भए पनि सुरक्षाकर्मीलाई धैर्यता र सुझबुझ कायम राख्न निर्देशन दिइएको थियो। उनले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मौखिक आदेश दिएको भए पनि सिधै गोली चलाउने आदेश भने दिइएको थिएन।
उक्त तनावपूर्ण अवस्थामा प्रहरी रेडियोमार्फत आवश्यक अनुसार फायर खोल्ने आदेश आएको सुनाएको छ।


