Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > जेलेन्स्कीका पूर्वसहयोगी येर्माक थुनामा, भ्रष्टाचार मुद्दामा अनुसन्धान तीव्र

जेलेन्स्कीका पूर्वसहयोगी येर्माक थुनामा, भ्रष्टाचार मुद्दामा अनुसन्धान तीव्र

युक्रेन । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पूर्वनिकट सहयोगी एन्ड्री येर्माकलाई सम्पत्ति शुद्धीकरण आरोपमा पुर्पक्षका लागि थुनामा राख्न युक्रेनी अदालतले आदेश दिएको छ।

भ्रष्टाचारविरोधी अदालतले उनलाई करिब ३१ लाख डलर धरौटी तोकेको छ। धरौटी बुझाए अन्तिम फैसला नआउन्जेल रिहा हुन सक्ने व्यवस्था गरिएको छ। येर्माकले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

अभियोजकहरूले किएभ बाहिरको आवास आयोजनासँग जोडिएको ठूलो रकमको अवैध आर्थिक कारोबारमा उनको संलग्नता रहेको आरोप लगाएका छन्। यस प्रकरणलाई युक्रेनमा चलिरहेको उच्चस्तरीय भ्रष्टाचार अनुसन्धानको महत्त्वपूर्ण हिस्सा मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *