Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शनिबार एमाले सचिवालय बैठक, समसामयिक राजनीति र संगठनमा छलफल हुने

शनिबार एमाले सचिवालय बैठक, समसामयिक राजनीति र संगठनमा छलफल हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी शनिबार सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बस्ने बैठकको समय र स्थान भने अझै तय भइसकेको छैन।

उपाध्यक्ष विष्णु पौडेलका अनुसार बैठकमा पार्टीको संगठनात्मक अवस्था, निर्वाचन परिणाम समीक्षा तथा पुनर्गठनका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।

पछिल्ला दिनमा अध्यक्ष ओली विभिन्न दलका नेतासँग संवादमा सक्रिय देखिएकाले बैठकलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *