Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > झन्डै ८ हजार सुकुमबासी सम्पर्कमा, चार स्थानमा होल्डिङ सेन्टर सञ्चालन

झन्डै ८ हजार सुकुमबासी सम्पर्कमा, चार स्थानमा होल्डिङ सेन्टर सञ्चालन

काठमाडौं — बागमती र सहायक नदी किनारका जोखिमयुक्त क्षेत्रमा बसोबास हटाउने अभियानअन्तर्गत हालसम्म करिब ७ हजार ७ सयभन्दा बढी सुकुमबासी सम्पर्कमा आएका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार १ हजार ८१६ परिवारका ७,७८९ जना सम्पर्कमा आएका हुन्। तीमध्ये ७९४ जनालाई चार विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।

सरकारले कीर्तिपुर, नयाँ बसपार्क–माछापोखरी क्षेत्र, भक्तपुर र बोडेसहितका स्थानमा अस्थायी व्यवस्थापन गरेको छ। केही व्यक्तिहरू भने आफ्नै व्यवस्था गरेर बाहिरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *