Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > तमिलनाडु चुनावमा विजयको पार्टी TVK को अप्रत्याशित अग्रता

तमिलनाडु चुनावमा विजयको पार्टी TVK को अप्रत्याशित अग्रता

चेन्नई — तमिलनाडु विधानसभा चुनावको प्रारम्भिक रुझानमा अभिनेता जोसेफ विजय (थलपति) नेतृत्वको पार्टी तमिलगा वेट्री कड़गम (TVK) ले सबैलाई चकित पार्दै अग्रता बनाएको छ।

रिपोर्टअनुसार TVK करिब १०० भन्दा बढी सिटमा अगाडि देखिएको छ भने सत्तारूढ डीएमके र विपक्षी एआईएडीएमकेबीच कडा प्रतिस्पर्धा भइरहेको छ। स्वयं विजय पनि पेराम्बुर क्षेत्रबाट आफ्ना प्रतिद्वन्द्वीभन्दा अगाडि रहेको बताइएको छ।

फिल्मी करियरबाट राजनीतिमा प्रवेश गरेका विजयले २०२४ मा TVK गठन गरेका थिए। पार्टीले सामाजिक न्याय, धर्मनिरपेक्षता र तमिल पहिचानलाई मुख्य एजेन्डा बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *