झापाको कचनकवलमा आगलागी, दुई घर जलेर १७ लाख क्षति May 20, 2026May 20, 2026 स्थानीय समाचार 0 झापाको कचनकवल गाउँपालिका–५ मा भएको आगलागीबाट दुई घर र एक भान्सा जलेर नष्ट भएका छन्। घटनामा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।