यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा झुट्टा विवरण राखी सवारी चालक अनुमतिपत्रको अभिलेख सच्याएर गैरकानुनी रूपमा लाइसेन्सको प्रतिलिपि दिएका थिए। बदनियत पुष्टि भएपछि विशेष अदालतमा जेल र जरिवानाको मागसहित मुद्दा दर्ता गरिएको हो।


