Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संविधान संशोधनले राष्ट्रिय एकता अझ कसिलो बनाउनुपर्छ : सुहाङ नेम्वाङ

संविधान संशोधनले राष्ट्रिय एकता अझ कसिलो बनाउनुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संविधान संशोधन राष्ट्रिय एकता कमजोर पार्ने होइन, अझ बलियो बनाउने दिशामा हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संविधान संशोधन अग्रगमनका लागि मात्र हुनुपर्ने भन्दै जनताले पाएको अधिकारलाई कमजोर पार्ने गरी परिवर्तन गर्न नहुने धारणा राखे। संविधानलाई “रगत र पसिनाले लेखिएको राष्ट्रिय दस्तावेज” भन्दै उनले यसको भावनात्मक एकता जोगाउनुपर्नेमा जोड दिए।

नेम्वाङले प्रदेशहरूमा अपनत्व र गौरव बढाउने गरी संशोधन आवश्यक रहेको उल्लेख गर्दै मधेस, कर्णाली र सुदूरपश्चिमले केन्द्रसँग नजिकको सम्बन्ध महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *