Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > टेन्डर ह्याक प्रकरण : निर्माण व्यवसायी पक्राउ, संगठित अपराधमा अनुसन्धान

टेन्डर ह्याक प्रकरण : निर्माण व्यवसायी पक्राउ, संगठित अपराधमा अनुसन्धान

काठमाडौं । विद्युतीय टेन्डर प्रणाली ह्याक गरेर ठेक्का हत्याउने गिरोहमा संलग्न रहेको आरोपमा निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ परेका छन्।

सीआईबीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको हो। यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन्।

प्रहरीले प्रारम्भिक साइबर कसुरको अनुसन्धानलाई संगठित अपराधतर्फ विस्तार गर्दै थप छानबिन अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *