Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ठमेलबाट पक्राउ २ युगाण्डियन युवती डिपोर्ट, १८ दूतावासको जिम्मा

ठमेलबाट पक्राउ २ युगाण्डियन युवती डिपोर्ट, १८ दूतावासको जिम्मा

काठमाडौं । ठमेलबाट पक्राउ परेका २० युगाण्डियन युवतीमध्ये २ जनालाई देश निकाला गरिएको छ भने १८ जनालाई दूतावासको जिम्मा लगाइएको छ।

फागुन ११ गते ठमेल क्षेत्रबाट पक्राउ परेका उनीहरू अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा अनुसन्धानमा थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डिपोर्ट गरिएकामा हजाराह बाटामुलिसा कलाना र बिट्टी नानबुदु छन्।

केहीले यस्तो गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि उनीहरूलाई निगरानीमा राखिएको छ। अदालतले सबैलाई धरौटीमा रिहा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *