नेपाल आयल निगम ले फेरि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको छ। नयाँ मूल्यअनुसार डिजेल/मट्टीतेल २३७ रुपैयाँ र हवाई इन्धन २५६ रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य यथावत् राखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र लागत उच्च भएका कारण मूल्य समायोजन गर्दा पनि निगम अझै घाटामा रहेको जनाएको छ। हाल पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासमा प्रति युनिट नोक्सानी कायम छ।
निगमका अनुसार पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको छ।


