काठमाडौं — अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रममन्त्री रामजी यादवले तीन महत्वपूर्ण घोषणा गरेका छन्। उनले पाँच वर्षे श्रमिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम सुरु गरिएको जानकारी दिए।
विदेशमा रहेका श्रमिकसँग सिधा संवादका लागि दूतावासमार्फत साप्ताहिक ‘फेसबुक लाइभ’ सञ्चालन गरिने र सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकलाई ६ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा उपलब्ध गराइने घोषणा गरिएको छ।
सरकार श्रमिकको सम्मान, सुरक्षित कार्य वातावरण र अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्री यादवले बताएका छन्।


