Thursday, June 04, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानले केही परमाणु गतिविधि सीमित गरेको दाबी, वार्ताको सम्भावना बढ्यो

इरानले केही परमाणु गतिविधि सीमित गरेको दाबी, वार्ताको सम्भावना बढ्यो

काठमाडौं, जेठ २० — अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्रोसीले इरानले आफ्ना केही परमाणु कार्यक्रम सीमित गरेको दाबी गरेका छन्। उनका अनुसार पश्चिमी गुप्तचर सूचनाले तेहरानले केही गतिविधि बन्द गरेको संकेत दिएको छ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान परमाणु कार्यक्रमबारे वार्ताका लागि तयार देखिएको बताएका छन्। दुवै पक्षबीच संवाद जारी रहेकाले विवाद समाधान र क्षेत्रीय तनाव कम हुने आशा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *