काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मधेश र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा मध्यम तातो लहर चल्न सक्ने जनाएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि तातो दिन रहने सम्भावना रहेको छ। ती क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


