Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ताइवान मुद्दामा चीन–अमेरिका तनाव, सीले ट्रम्पलाई दिए चेतावनी

ताइवान मुद्दामा चीन–अमेरिका तनाव, सीले ट्रम्पलाई दिए चेतावनी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवान मुद्दा अत्यन्त संवेदनशील रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन्।

बैठकमा सीले ताइवान विषय गलत ढंगले सम्हालिए क्षेत्रीय तनाव बढेर गम्भीर अवस्था सिर्जना हुन सक्ने बताएका छन्। उनले व्यापार सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिँदै टकरावले दुवै देशलाई नोक्सान पुर्‍याउने उल्लेख गरे।

अमेरिकाले ताइवानलाई रक्षा सहयोग जारी राखिरहेको छ भने चीनले ताइवानलाई आफ्नो क्षेत्र भन्दै पुनः एकीकरणको दाबी दोहोर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *